शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

प्रि ओपन सेसनमै साढे ९ अंकले घट्यो नेप्से


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2339
    मंसिर २७, २०७८ सोमबार
    प्रि ओपन सेसनमै साढे ९ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक घटेको छ ।

    सातको पहिलो कारोबार दिन आइतबार  ८८.७३ अंक घटेर २३६१.२४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.३१ अंक घटेर २३५१.९३ विन्दुमा झरेको छ । प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स २.३६ अंक घटेको छ ।

    सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ३२ लाख १० हजार २५१ रुपैयाँ बराबरको ५ हजार ५१२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    जसमध्ये १ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij