शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शेयर बजारमा सकारात्मक सर्किट, आजको कारोबार बन्द


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2368
    मंसिर २८, २०७८ मंगलबार
    शेयर बजारमा सकारात्मक सर्किट, आजको कारोबार बन्द

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर बन्द भएको हो । 

    यस अवधिमा नेप्से १३७.१८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८५ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । यस अवधिमा एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ । 

    आज कारोबार भएका कम्पनीमध्ये ७० कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, विशाल बजार कम्पनी, नेपाल फाइनान्स, बेष्ट फाइनान्स कम्पनी, गुडवील फाइनान्स र सेन्ट्रल फाइनान्स लगायत कम्पनीहरु रहेका छन् । 

    नेप्सेका अनुसार आज कारोबार भएका सबै सकूहमा हरियाली छाएको छ भने दुई शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ९ करोड भन्दा बढीको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij