शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

उतारचढावका बीच सामान्य अंकले घट्यो नेप्से


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2390
    मंसिर २९, २०७८ बुधबार
    उतारचढावका बीच सामान्य अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ ।

    आज शेयर बजार ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा झरेको हो ।

    बजारमा आज १८९ वटा कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता शेयर कारोबार भएको छ । 

    नेप्से सहित सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।  

    ९० वटा कम्पनीको शेयरमुल्य बढदा ९२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    बैंक, माइक्रोफइनान्स, होटल एण्ड टुरिजम,लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको शेयरमूल्य घटेको छ । भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको हो ।

    बजारमा आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५५२ लाख कित्ता शेयर कारोबार भएको छ । 

    दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टीप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, युनियन हाइड्रो, बेष्ट फाइनान्स, बुटवल पावर कम्पनी आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

    आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री पफाइनान्स, हिमालय जेनेरल इन्स्योरेन्स, युनिभर्सल नेपाल कम्पनी आदि कम्पनीहरु रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij