काठमाडौं । आज दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार सिमित भएको छ ।
बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९.प्रतिशतले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।