शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

एकै दिन सुनको भाउ एक हजार रुपैयाँले वृद्धि


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2425
    पुष २, २०७८ शुक्रबार
    एकै दिन सुनको भाउ एक हजार रुपैयाँले वृद्धि

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । 

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता, चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij