बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सरकारी कर्मचारी वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन


  • 3.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2457
    पुष ४, २०७८ आइतबार
    सरकारी कर्मचारी वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन

    काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन । उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् ।

    यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन् ।

    यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ । यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन् ।

    आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन् ।

    सरकारले तोकेको सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा घोषणा गर्ने गर्छ । यो सुविधा पनि कर्मचारीहरूले पाउने गर्छन् । यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij