काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन आज (आइतबार) पनि मौसमविद्ले देशवासीमा आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो ।
जसमा भनिएको छ, देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ ।
यसैबीच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ ।