बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

काठमाडौंको तापक्रम ३ डिग्री, मुलुकभर चिसो बढ्दै


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2489
    पुष ५, २०७८ सोमबार
    काठमाडौंको तापक्रम ३ डिग्री, मुलुकभर चिसो बढ्दै

    काठमाडौं । सोमबार मुलुकको पहाडी भूभागमा आंशिक  बदली  रही  बाँकि भूभागको मौसम सफा रहनेछ ।

    देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राती देशभरि आंशिक बदली मौषम पूर्वानु महाशाखाले जनाएको छ । 

    तराईका भूभागहरुममा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर  चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।

    काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ । सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २।७ डिग्री पुगेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij