काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ ।
गत बिहीबार ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा १४.०६ अंक बढेर २३९०.८१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५१ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा १६ कम्पनीको १२ लाख १७ हजार ५०९ रुपैयाँ ८० पैसा बराबरको २ हजार ९०८ कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा आउकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ । आजको उत्त, सेसनमा एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।