शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्से दोहोरो अंकले घट्यो


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2501
    पुष ५, २०७८ सोमबार
    नेप्से दोहोरो अंकले घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ ।

    आज नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि बढ्न सकेको छैन । आज दुई अर्ब ४६ करोड ४६ लाख बराबरको कारोबार सिमित भएको छ ।   

    नेप्सेका अनुसार आज बजार दोहोरो अंकले घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेड रहेको छ ।

    आज गोखार्ज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१५.३० रुपैयाँ पुगेको छ भने हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२३७ रुपैयाँ पुगेको छ ।  

    त्यस्तै, आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij