काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ ।
सोमबार १७.९३ अंक घटेर २३५८.८१ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १.५१ अंक बढेर २३६०.३३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५५ अंक बढेको छ ।
आजको उक्त सेसनमा ८ कम्पनीको १ हजार ५९४ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ ।