शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शेयर बजारमा हरियाली, कारोबार रकम भने न्यून


  • 3.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2530
    पुष ६, २०७८ मंगलबार
    शेयर बजारमा हरियाली, कारोबार रकम भने न्यून

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज भने हरियाली छाएको हो ।    

    आज नेप्से ५६.७३ बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने बढ्न सकेको छैन । आज दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार सिमित भएको छ ।   

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावर रहेको छ । 

    ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको पनि ९ प्रतिशत भनदा बढीले बढेर प्रतिकित्ता ५७१ र रसुवागढी हाइड्रोपावरको पनि बढेर प्रतिकित्ता ३५१.१० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।       

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij