काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ ।
मंगलबार ५६.७३ अंक बढेर २४१५.५५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५० अंक बढेर २४२५.०५ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत २.८७ अंक बढेको छ ।
आजको प्रि ओपन सेसनमा १८ कम्पनीको १७ लाख ३२ हजार ९९३ रुपैयाँ १० पैसा बराबरको २ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १७ कम्पनीको सेयरमूल्य बढेको छ एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।