मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मोदीको ७० वर्ष पुरानो रिदम हाउस लिलाम


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2579
    पुष १०, २०७८ शनिबार
    मोदीको ७० वर्ष पुरानो रिदम हाउस लिलाम

    एजेन्सी । घोटाला फरार भारतीय व्यापारी नीरव मोदीको रिदम हाउस अबको केही दिनमा लिलामी हुदैछ । यो सम्पत्ति काला घोडा मुम्बईमा अवस्थित छ । यो घर ७० वर्ष पुरानो हो । भारतको प्रवर्तन निदेशालय ९ईडी० ले यो सम्पत्ति जफत गरेको छ ।

    रिदम हाउस मुम्बईको प्रतिष्ठित संगीत स्टोरको रूपमा चिनिन्छ। यो दक्षिण मुम्बईमा छ जहाँबाट मन्त्रालय, ताजमहल होटल जस्ता भवनहरू केही मिटर टाढा छन् । यो सम्पत्ति नीरव मोदीले २०१७ मा ३२ करोड भारुमा किनेका थिए । तर, सन् २०१८ मा महिन्द्रा समूहका प्रमुख आनन्द महिन्द्राले यो सम्पत्तिमा चासो देखाएका थिए ।

    उनले सोसल मिडियामा भनेका थिए, ुयदि ईडीले यो सम्पत्ति लिलामी गर्न चाहन्छ भने मुम्बईको संगीतको के हुनेछ ? हामी यो लिलामीको हिस्सा बन्न सक्छौं। यसलाई संगीत प्रदर्शन स्थलमा परिणत गर्न चाहनुहुन्छ ।ु

    अदालतको आदेशपछि ईडीले यो सम्पत्ति रिलिज गरेका हुन । यसपछि बैंकहरूले यसलाई लिलामी गरेर ऋण तिर्न सक्नेछन्। यो सम्पत्ति नीरव मोदीको कम्पनी फायर स्टारले किनेको हो । २०२० मा, राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणले यसलाई बेच्न बैंकहरूलाई स्वीकृति दिएको थियो ।

    अगस्टमा विशेष अदालतले ईडीलाई रिहा गर्न आदेश दिएको थियो, त्यसपछि ईडीले यो निर्णय गरेको हो । नीरव मोदी अहिले बेलायतको जेलमा छन् । नीरव मोदीको कम्पनी फायरस्टार इन्टरनेशनलको ऋण १,२६५ करोड रुपैयाँभन्दा बढी छ । पञ्जाब नेशनल बैंक यो सम्पत्तिमा प्रमुख हकदार बैंक हो । यसमा २३२ करोड रुपैयाँ ब्याज छ ।

    त्यसमध्ये आधा दर्जन फ्ल्याट मुम्बईको वर्ली क्षेत्रमा समुद्र किनारमा रहेको छन् । यसको मालिक नीरव मोदी र उनकी श्रीमती हुन् । एस्सार स्टिलले यही डिसेम्बर ८ मा एउटै दरबारको २१ र २२ औँ तल्लामा ४२ करोड रुपैयाँमा २ वटा फ्ल्याट किनेको छ । सेप्टेम्बरमा यस भवनमा दुईवटा फ्ल्याट ४६.२९ करोडमा बिक्री भएको थियो ।

    नीरव मोदीमाथि पञ्जाव नेशनल बैंक९पीएनबी०बाट ऋण लिएर करिब १४ हजार करोड रुपैयाँ ठगी गरेको आरोप छ । घोटाला सार्वजनिक भएपछि उनी जनवरी २०१८ मा देश छोडेर भागेका थिए । नीरवलाई सन् २०१९ मार्च १९ मा साउथ वेस्ट लन्डनबाट पक्राउ गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij