मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मलेसियामा बाढीमा परि ४६ जनाको मृत्यु


  • 721
    SHARES
  • https://indrenipost.com/index.php/posts/2604
    पुष ११, २०७८ आइतबार
    मलेसियामा बाढीमा परि ४६ जनाको मृत्यु

    सिन्ह्वा । मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ ।

    यहाँ केही दिन यतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् ।

    मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ ।  साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij