मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन १६४ जनाको मृत्यु


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2607
    पुष ११, २०७८ आइतबार
    कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन १६४ जनाको मृत्यु

    ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ ।

    यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ । यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ ।

    त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।

    यहाँका ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । ब्राजिल विश्वमै कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्दछ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij