शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्सेमा ७१.२० अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2628
    पुष ११, २०७८ आइतबार
    नेप्सेमा ७१.२० अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो । 

    त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् । 

    त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३२ करोड ७ लाख भन्दा बढीको कारोबार भएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij