काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।
सोमबार मध्यान्हदेखि सुरु भएको बन्दसत्रमा दाहालले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन् ।
बन्द सत्रले कृष्णबहादुर महरासहितको सात सदस्यीय अध्यक्षमण्डल गठन गरेपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन् ।