शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्सेमा उच्च अंकको गिरावट


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/2657
    पुष १२, २०७८ सोमबार
    नेप्सेमा उच्च अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रोे दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलब ६५ विन्दुमा पुगेको हो । आइतबार नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको थियो । 

    त्यस्तै, कोरोबार रकममा भने बृद्धि भएको छ । आज ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 

    त्यस्तै, आज जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij