काठमाडौं । आज (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२१ अंकले बढेको छ ।
सोमबार ६९.७७ अंक घटेर २५२१.६६ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा २.२१ अंक बढेर २५२३.८७ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३१ अंक बढेको छ ।
मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको १८ लाख ५६ हजार २३३ रुपैयाँ ५० पैसा बराबरको १ हजार ७४२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ । एउटा कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।