शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2673
    पुष १३, २०७८ मंगलबार
    सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला ९३ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।    

    त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij