शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2686
    पुष १३, २०७८ मंगलबार
    नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ ।

    आज नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने घटेको छ । आज ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
     
    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ  । यो कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छ । 

    त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी रहेको छ ।  यस कम्पनीको आज २६ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij