मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

भारतीय अतिक्रमित भूमि लिपुलेकका मतदाताको नामावली संकलन गर्ने सरकारको तयारी


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/2690
    पुष १४, २०७८ बुधबार
    भारतीय अतिक्रमित भूमि लिपुलेकका मतदाताको नामावली संकलन गर्ने सरकारको तयारी

    काठमाडौं । नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ । अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ । 

    सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो ।

    २०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । सोहीअनुसार चुच्चे नक्सामा नेपालको भूभागका रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र प्रस्ट रूपमा समेटिएको छ । 

    पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ । 

    गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, “त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।” 

    उनका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएर आइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij