मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अत्याधिक चिसो बढेसँगै विद्युत आपूर्तिको माग उच्च, प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2693
    पुष १४, २०७८ बुधबार
    अत्याधिक चिसो बढेसँगै विद्युत आपूर्तिको माग उच्च, प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस

    काठमाडौं । चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ । 

    वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको हो । 

    केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ । गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजे देखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।

    काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ । ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् ।

    इमाडोलका स्थानीय नारायण काफ्लेका अनुसार तीन दिनदेखि विद्युत् आपूर्ति घण्टौँसम्म जाने र थोरै समय मात्र आउने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij