शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

दुई दिन ओरालो लागेको सेयर बजारमा झिनो सुधार


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/2696
    पुष १४, २०७८ बुधबार
    दुई दिन ओरालो लागेको सेयर बजारमा झिनो सुधार

    काठमाडौं । सोमबार र मंगलबार लगातार ओरालो लागेको सेयर बजारमा बुधबार (आज) सामान्य सुधार आएको छ ।

    बुधबार पुँजीबजार मापक परिसूचक ुनेप्सेु ५।५१ अंकले बढेर २५२४.५० विन्दुमा उक्लिएको छ । मंगलबार नेप्से ‍२।६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको थियो ।

    साताको तेस्रो कारोबार दिन मंगलबार तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँको मात्र कारोबार सेयर बजारमा साताको चौथो कारोबार दिन आज तीन अर्ब ६२ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कूल २२८ वटा कम्पनीका ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज सामान्य बढेको छ । बुधबार यस्तो सूचक ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा उक्लिएको छ ।

    आज कारोबारमा आएको दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल बंगलादेश बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    आज सबैभन्दा धेरै गुमाउने नारायणी विकास बैंकका सेयर लगानीकर्ता रहेका छन् । यस बैंकका लगानीकर्ताले आज ३.३९ प्रतिशतले गुमाएका छन्। बुधबार कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको सेयर मूल्य घटेको छ । बाँकी समूहको सेयर मूल्य उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij