काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।