मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाए, उनी दुब्लाउनुमा यसो भन्छन् सरकारी अधिकारी


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2715
    पुष १५, २०७८ बिहीबार
    उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाए, उनी दुब्लाउनुमा यसो भन्छन् सरकारी अधिकारी

    उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाएका तस्वीर सार्वजनिक भएका छन् ।

    विभिन्न कडा नियम लागू गरेर चर्चामा आउने किम हालै सत्तारुड वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्, जसमा उन दुब्लाएका देखिएका छन् ।

    कोरियन सेन्ट्रल न्युज एजेन्सीले २८ डिसेम्बर २०२१ मा नयाँ तस्वीर सार्वजनिक गरेको छ । उनको नयाँ फोटोमा अनुहार समेत दुब्लाएको देखिएको छ ।

    सरकारी अधिकारीले देशमा खानाको कमीका कारणले उनले कम खाना खाइरहेका र अवस्था सामान्य नहुँदासम्म आमनागरिकलाई समेत कम खाना खान अपिल गरिएको जनाएका छन् ।

    कम खाना खाएका कारण उन दुब्लाएका तर शारीरिक रूपमा स्वस्थ रहेका सरकारी अधिकारीले जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । यतिबेला उत्तर कोरियामा खाद्य संकट देखिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij