मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

काठमाडौंलगायत देशका अधिकांश स्थानमा हुस्सु र कुहिरो, अत्याधिक चिसो


  • 2.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2726
    पुष १६, २०७८ शुक्रबार
    काठमाडौंलगायत देशका अधिकांश स्थानमा हुस्सु र कुहिरो, अत्याधिक चिसो

    काठमाडौं । देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको छ । देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागरिहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    आज दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

    विभागका अनुसार आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

    प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    हिमपातको संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । ने

    पालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij