शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मूल्य तोलामा ७०० ले बढ्यो


  • 784
    SHARES
  • https://indrenipost.com/index.php/posts/2765
    पुष १८, २०७८ आइतबार
    सुनको मूल्य तोलामा ७०० ले बढ्यो

    काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँ थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ । रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij