काठमाडौं । सौर्य एयरलाइन्सका कर्मचारीलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको छ ।
शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका(४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शनिवार दिउँसो विराटनगरबाट काठमाडौं आएको सूर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्यो । त्यसको भित्र ५० लाख रुपैयाँ भेटिएको हो ।
पोखरेललाई प्रहरीले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको जानकारी दिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ । अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको छ ।