काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रोे दिन आज सोमबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको हो ।
त्यस्तै, कोरोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ५३ करोड ३० लाख बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब १२ करोड ६९ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गुरास लघुवित्त, मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।