शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड


  • 3.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2807
    पुष २०, २०७८ मंगलबार
    बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

    काठमाडौं । भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे । तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन । यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार रुपैयाँ तिर्ने गरी १ लाख ऋण लिएर सेयर किने । उनले चार वर्ष लगाएर ऋण चुक्ता गरे ।

    कुलेखानी खानीखेतका विष्णुकुमार पुडासैनीले मकै बेचेर १० हजार लगानी गरे ।  तर, यसरी जुटेको जनताको करिब ३१ करोड रकम डुबेको छ ।

    निजी निर्माण कम्पनी र सरकार दुवैले आयोजनाबाट हात झिकेका छन् । जुन आयोजनामा मकवानपुरसहित ललितपुर, चितवन, धादिङलगायत जिल्लाका ३ हजार स्थानीयवासीले खसी–बाख्रा, भैंसी बेचेर १० हजारदेखि १ लाखसम्म लगानी गरेका थिए ।

    मकवानपुरबाट मात्र करिब १० करोड रुपैयाँ लगानी भएको सेयर सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटवालले बताए । कम्पनी घाटामा गए पनि आयोजना नबने पनि विपन्न नागरिकको पैसा फिर्ता गरिनुपर्ने उनको भनाइ छ ।

    नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरेको थियो । त्यसपछि उक्त कम्पनीले जनतासँग रकम संकलन गरेको थियो । 

    ३० वर्षभित्र सरकारलाई हस्तान्तरण गर्ने गरी संघीय सरकारले सुरुङमार्ग निर्माण अवधि सन् २०२१ सम्म थप गरेको थियो। तर, उक्त कम्पनी सरकारी निकायको सम्पर्कमा छैन । संकलित रकम भने उसले विभिन्न बहानामा खर्चिएको जनाइएको छ ।  यो समाचार अन्नपूर्णपोष्ट छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij