उत्तर कोरियाले प्रोजेक्टाइल प्रहार गरेको छ । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफ (जेसिएस) का अनुसार उत्तर कोरियाले समुद्रमा प्रोजेक्टाइल प्रहार गरेको हो ।
जापानका तटरक्षकहरुले पहिलोपटक प्रोजेक्टाइलका सम्बन्धमा जानकारी गराएका हुन् । उनीहरुका अनुसार उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्छ । तर अहिलेसम्म पुष्टि भने हुन सकेको छैन ।
ब्यालेस्टिक र परमाणु हतियार परीक्षणमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल रहेमा यो वर्ष पहिलो मिसाइल परीक्षण हुनेछ ।
दक्षिण कोरिया तथा अमेरिकी गुप्तचर अधिकारीले घटनाबारे नियालिरहेको जेसिएसले बताएका छन् । केही दिनअघि नेता किम जोङ उनले देशको रक्षा क्षमता थप बलियो र कडा बनाउने बताएका छन् । त्यसको केही दिनपछि प्रोजेक्टाइल प्रहार भएको हो ।