मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी हेर्न पाइने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2856
    पुष २२, २०७८ बिहीबार
    स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी हेर्न पाइने

    काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

    नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

    बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । 

    प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘अन्य ऐतिहासिक सामग्री पनि प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।’

    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राखिएको जानकारी गराउनुभयो । 

    उहाँले स्वर्गीय राजा वीरेन्द्रले विसं। २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गर्नुभएको बताउँदै शाहकालीन राजपरिवारले प्रयोग गरेको अन्य सामग्रीहरू पनि चरणबद्ध रुपमा प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो । विसं। २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

    नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन प्रदर्शनीमा राखिसकेको छ । नेपाल समाचारपत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij