मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

दोब्बरले बढ्यो ट्राफिक जाम, सर्वसाधारणलाई सास्ती


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2876
    पुष २३, २०७८ शुक्रबार
    दोब्बरले बढ्यो ट्राफिक जाम, सर्वसाधारणलाई सास्ती

    काठमाडौं । पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए ।

    अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।

    काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए ।

    अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८/७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ ।

    जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी दुई पाङ्ग्रे छन् । २०७२ ७३ मा दुई पाङ्ग्रेको सङ्ख्या सात लाख २२ हजार ७ सय २२ थियो । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij