मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2917
    पुष २५, २०७८ आइतबार
    भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । भारी वर्षा र हिमपातमा परेर शनिबार रातिसम्म यहाँ ४१ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

    त्यसैगरी हिमपातकै कारण पाकिस्तानमा सयौँ व्यक्ति विस्थापित भएको पनि समाचारहरुमा उल्लेख छ ।

    हिमपातका कारण यहाँ ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ ।

    देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो । सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको प्रहरीलाई उद्धेत गर्दै जनाइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij