मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उत्तर कोरियाका पूर्व सैनिक कृषि मजदुर गर्दै


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2943
    पुष २६, २०७८ सोमबार
    उत्तर कोरियाका पूर्व सैनिक कृषि मजदुर गर्दै

    प्योङयाङ । उत्तर कोरियाका पूर्व सैनिकलाई ग्रामीण भेगको खेतीपाती मजदुरीमा खटाइएको छ । सरकारले ग्रामीण कृषि उत्पादन बढाउन र ग्रामीण प्रान्तमा सहयोग प्रदान गर्ने रणनितिअन्तरगत पूर्व सैनिकलाई सो कार्यमा खटाइएको हो । 

    पूर्व सैनिकहरुलाई निशुल्क कृषि उत्पादनका लागि सरकारले ग्रामीण भेगमा खटाएको रेडियो फ्रि एसिया (आरएफए)मा खबर छ ।

    सेनाको जागिर छोडेर ग्रामीण भेगमा कृषि मजुदर भएर काम गर्नुपर्दा पुर्व सेनाहरु असन्तुष्ट रहेको स्रोतले आरएफएसँग बताएको छ । 

    प्लस टुसम्मको अध्ययनपछि हरेक उत्तर कोरियाली पुरुषले करिब सात वर्षसम्म सेनामा भर्ती भएर देशको सेवा गर्नुपर्छ ।

    तर हाल उत्तर कोरियाली सरकारले पदबाट बर्खास्त गरेका सेनाहरुले करिब १० वर्षसम्म सेनामा रहि सेवा गरेको र तिनै सेनाहरुलाई ग्रामीण एवम् विकट क्षेत्रको कृषि उत्पादनमा खटाइएको आरएफएले जनाएको छ । 

    हाल सरकारले करिब ४ सयको संख्यामा पुर्व सेनालाई सो कार्यमा खटाएको स्रोतले आरएफएसँग बताएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij