मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

१८ देश जान भिजिट भिसा बन्द : ‘सेटिङ’ गर्ने अध्यागमन कर्मचारी, सास्ती पाउने सर्वसाधारण


  • 3.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3102
    माघ ९, २०७८ आइतबार
    १८ देश जान भिजिट भिसा बन्द : ‘सेटिङ’ गर्ने अध्यागमन कर्मचारी, सास्ती पाउने सर्वसाधारण

    काठमाडौं । अध्यागमनका कर्मचारीकै ‘सेटिङ’मा भिजिट भिसामार्फत खाडी र मलेसिया पुगेका सयौँ नेपाली उतै अलपत्र परेका छन् ।

    तर, सेटिङमा संलग्न अध्यागमनका कर्मचारी र गिरोहमाथि छानबिन गर्नुको सट्टा गृह मन्त्रालयले ती देशमा भिजिट भिसामा जानै प्रतिबन्ध लगाउने अव्यावहारिक निर्णय गरेको छ । 

    ‘अर्को निर्णय नभएसम्मका लागि’ भन्दै गृहले शुक्रबार १० माघदेखि लागू हुने गरी मलेसिया, खाडीका सात मुलुकलगायत १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय हो ।

    यसबाट अत्यावश्यक कामले ती देश जाने समस्यामा परेका छन् । घुम्न मात्र नभई व्यापारिक काम तथा उपचारका लागि पनि ठूलो संख्यामा नेपाली ती देश जाने गरेका छन् । गृहको निर्णयले यस्ता नागरिकको मौलिक हक हनन भएको छ । 

    खाडी मुलुक र मलेसिया पुगेका सयौँ नेपाली सडकमै अलपत्र पर्न थालेपछि भिजिट भिसामै रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन् ।

     ‘खाडी र मलेसियामा गल्ली–गल्लीमा नेपाली अलपत्र परेको सूचना त्यहाँका नेपाली दूतावासबाट आएपछि यस्तो निर्णय गरिएको हो,’ पोखरेलले भने, ‘भिजिट भिसाका नाममा त्यहाँ काम गर्न भनेर जाने प्रवृत्ति रोक्न यस्तो निर्णय गर्नुपरेको हो ।’ 

    यसमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो हुन सक्ने भए पनि तत्कालका लागि भिजिट भिसा रोकेर समाधान खोजिएको उनको भनाइ छ ।

    अलपत्र परेकालाई कसले त्यहाँ पुर्‍यायो र कसरी गए भन्नेतर्फ भने छानबिन थालिएको छैन । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij