बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

माघ २४ देखि काठमाडौं र ललितपुरका विद्यालय खुल्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3180
    माघ १३, २०७८ बिहीबार
    माघ २४ देखि काठमाडौं र ललितपुरका विद्यालय खुल्ने

    काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । 

    यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज बिहीबार स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।

    यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij