मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

तयार भयो गौतमबुद्ध विमानस्थल


  • 4.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3197
    माघ १४, २०७८ शुक्रबार
    तयार भयो गौतमबुद्ध विमानस्थल

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ । पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माणसामग्रीे अभावका बाबजुत निर्माण सकिएको हो । 

    ‘फिनिसिङका छिटफुट काम भइरहेका छन्’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘केही समयमै उडान सुचारु हुने अपेक्षा छ ।’ जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उनले बताए । 

    २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल सञ्चालनअघि सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । 

    जसबाट जडान गरिएका उपकरणहरू ठिक भए, नभएको बारे रिपोर्ट आउँछ। क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताए ।

    ‘अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता प्राप्त गराउन क्यालिब्रेसन उडान पहिलो पाइला हो । जसको तयारी गरिरहेका छौं,’ उनले भने । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij