मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

जोर-बिजोर प्रणाली हट्यो : ट्याक्सी र निजी सवारी साधनमा कायमै


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3203
    माघ १५, २०७८ शनिबार
    जोर-बिजोर प्रणाली हट्यो : ट्याक्सी र निजी सवारी साधनमा कायमै

    काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि यातायातमा लागू जोर–बिजोर प्रणाली संशोधनसहित खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ । यससँगै अब बस, माइक्रोबस र टेम्पो निर्वाध रूपमा चल्न पाउनेछन् । 

    ‘सार्वजनिक यातायातमा जोर–बिजोर कायम गरेर भिड नियन्त्रण हुँदैन भन्ने सुझाव आयो । त्यससँगै उपत्यकामा केही दिनयता कोरोनाको संक्रमणदर घट्न थालेकाले सार्वजनिक यातायातमा जोर–बिजोर हटाएका हौँ,’ ललितपुरका सिडिओ घनश्याम उपाध्यायले भने, ‘तर, ट्याक्सीसहित निजी सवारीसाधनमा भने जोर–बिजोर कायमै रहन्छ ।’ 

    कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो । संक्रमणदर घट्दै गए प्रतिबन्धात्मक आदेश पनि खुकुलो हुँदै जाने सिडिओ उपाध्यायले बताए । 

    ‘संक्रमण बढ्यो भने त फेरि प्रतिबन्ध कडिकडाउका साथ लागू गर्नुपर्ने हुन्छ,’ उनले भने । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij