काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनमा तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भएको महासंघले जनाएको छ ।
यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो ।