बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

दोहोरो अंकले घट्यो शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3243
    माघ १७, २०७८ सोमबार
    दोहोरो अंकले घट्यो शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ ।

    आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो । आइतबार नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १५ करोड ४७ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, आज छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य पनि ८.९७ प्रतिशतले बढेको छ ।  

    त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।       

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij