मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आज सोनाम ल्होसार पर्व : देशभर सार्वजनिक बिदा


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3260
    माघ १९, २०७८ बुधबार
    आज सोनाम ल्होसार पर्व : देशभर सार्वजनिक बिदा

    काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै छन् । यस अवसरमा देशभर विशेष कार्यक्रम आयोजना गरिनेछ । 

    मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

    सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij