मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

१५ जना उपसचिवमा बढुवा


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3297
    माघ २०, २०७८ बिहीबार
    १५ जना उपसचिवमा बढुवा

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । 

    जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् ।

    त्यस्तै, उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् । 

    यसअघि सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij