बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सात लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नेमाथि अनुसन्धान


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3305
    माघ २०, २०७८ बिहीबार
    सात लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नेमाथि अनुसन्धान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सात लाख रुपैयाँमाथिको नगद कारोबार गर्नेमाथि अनुसन्धान गर्न थालेको छ ।

    पछिल्लो समयनगदको प्रयोगबाट आपराधिक गतिविधि हुन थालेपछि राष्ट्र बैंकलेयस्तेकदम चालेको हो ।

    नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढेपछि बैंकले अनुगमन थालेको जनाएको छ ।

    हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगदको प्रयोग बढ्दो देखिएकाले सात लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेमाथि निगरानी गरिएको हो । 

    बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइनपाइने नियम छ ।

    राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैङ्कलाई सात लाख र त्योभन्दा बढिको नगद कारोबारको विवरण बुझाउन भनेको हो ।

    इकाइले बैंकलाई पत्र लेख्दै पत्र लेख्दै माघ २४ गतेभित्र विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

    राष्ट्र बैङ्कले २०७८ साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij