बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बढ्यो आन्तरिक हवाइ उडानको भाडा, कहाँको कति ? (भाडादरसहित)


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3337
    माघ २१, २०७८ शुक्रबार
    बढ्यो आन्तरिक हवाइ उडानको भाडा, कहाँको कति ? (भाडादरसहित)

    काठमाडौं । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ ।

    हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । 

    यसपटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको छ ।

    वृद्धिभएसँगै भाडादर काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ भने सबैभन्दा कम काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको संघले जनाएको छ । 

    काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले भाडादर वृद्धि भएको छ । 

    हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij