बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

साताको सेयर बजार : नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/3340
    माघ २१, २०७८ शुक्रबार
    साताको सेयर बजार : नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि

    काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो ।

    यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ । अघिल्लो साता  १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ ।

    साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो ।

    आइतबार कारोबारमा आएका २३१ कम्पनीको  १ करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो ।

    साताको दोस्रो कारोबार सोमबारको दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको थियो ।

    सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो । मंगलबार नेप्से १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको थियो ।

    मंगलबार कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

    साताको बुधबार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदाको दिन नेप्से कारोबार पनि बन्द हुन्छ ।

    त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

    बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पती यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ ।

    गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले सम्पती बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ ।

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij