बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

ग्रीन भेन्चर्सले आईपीओ विक्री गर्ने


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3375
    माघ २३, २०७८ आइतबार
    ग्रीन भेन्चर्सले आईपीओ विक्री गर्ने

    काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्न लागेको हो ।

    पहिलो चरणमा कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्नेछ । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

    यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।

    यो आईपीओ खरिदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

    यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    स्थानियले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

    कम्पनीको यस आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij