काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार मापन गर्ने सूचकांक आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ४१.५५ अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब १९ विन्दुमा रोकिएको छ ।
त्यस्तै, आज नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । पाँच अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ । विहीबार ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको थियो ।
आइतबार अधिकांश जलविद्युत कम्पनीको शेयर खरिदविक्रीमा चाप देखिएको छ । अरुणभ्यालि हाइड्रोपावर, अपी पावर, अप्पर तामाकोशी जलविद्युत आयोजना लगायतका जलविद्युक कम्पनीको धेरै शेयर खरिदविक्री भएको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको र बुद्धभूमि जलविद्युत र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ५४ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।